प्राइम बहुउद्देश्यीय सहकारीको कारोबार एक अर्ब ६० करोड

सुर्खेत: प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा एक अर्ब ६० करोड ९६ लाख ७४ हजार तीन सय ६१ रूपैयाँ बराबरको कारोबार गरेको छ । शनिवार सम्पन्न २१ औं वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पूर्णबहादुर बुढाले अघिल्लो वर्षको तुलनामा कारोबार बढेको जानकारी दिए ।

सहकारी संस्थाको शेयर पुँजीमा समेत वृद्धि भएको छ । प्राइमको शेयर पुँजी ११ करोड२९ लाख ३० हजार ६ सय पुुगेको हो । कोषाध्यक्ष बुढाका अनुसार संस्थाको कूल बचत ५६ करोड ३० लाख ९९ हजार पाँच सय ४० रूपैयाँ रहेको छ ।

वार्षिक साधारण सभाका अवसरमा संस्थाले विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । बचतकर्ता, ऋणी र एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो । त्यस्तै शेयर सदस्य रसमाज सेवामा सक्रिय व्यक्तिहरूलाई पनि सम्मान गरिएको जनाइएको छ । साधारण सभामा सहकारी संस्थाका अध्यक्ष भूषणकुमार मानन्धरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार ०५:०१