सुर्खेत सभाहल उद्घाटन
सुर्खेत: वीरेन्द्रनगरस्थित नवनिर्मित सुर्खेत सभाहलको उद्घाटन गरिएको छ । सभाहलको बिहीवार सहरी विकास मन्त्री रामकुमारी झा“क्रीले उद्घाटन गरेकी हुुन् । पहिलो चरणको काम सम्पन्न भएलगत्तै सहरी विकास तथा भवन निर्माण विभागले सभाहल वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यो संरचना कर्णालीको गौरव भएकाले सभाहललाई आर्थिक समृद्धिस“ग जोड्नुपर्ने बताइन् । उनले तीनै तहका सरकार मिलेर सभाहल सञ्चालनको मोडालिटी बनाउनुपर्ने भन्दै व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन अनुरोध गरिन् । ‘सभाहलमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरसम्मका कार्यक्रम तथा सम्मेलन गर्न सकिन्छ,’ उनले भनिन्, ‘यसको हाताभित्र कर्णालीको मौलिकता झल्किने विभिन्न प्रदर्शनीहरू पनि राख्नुु होला ।’ सभाहलकोे सञ्चालन तथा संरक्षणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।
करिब २७ करोड लागतमा निर्माण सम्पन्न हुने सभाहल ५० रोपनी क्षेत्रफलमा छ । सभाहलको दोस्रो चरणका काम भने अझै बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । बजेट अभावमा पार्किङ व्यवस्थापन, हलको पाटेशन, बगैँचा निर्माण, भुइँमा ब्लक बिछ्याउने तथा रंगरोगनलगायतका काम हुन सकेका छैनन् । त्यसका लागि करिब ६ करोड बजेट अपुुग भएको जनाइएको छ ।
प्रकाशित मितिः २३ पुष २०७८, शुक्रबार ०५:०२
साझा बिसौनी ।