विद्युत लाइन मर्मतको काम रातीमा

सुर्खेत: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले अबदेखि लाइन सुधार तथा मर्मतको काम रातीको समयमा गर्ने भएको छ । दिउँसोको समयमा लाइन मर्मत गर्दा उपभोक्ताहरूलाई बढी मर्का पर्ने भएकाले यस्ता काम राती गरिने भएको वितरण केन्द्रले जनाएको छ ।

दिउँसोको समयमा लाइन सुधार तथा मर्मत गरिदा बत्ती अनियमित भइरहने समस्या बढेपछि उपझोक्ताहरूले गुनासो गर्दै आएका छन् । सोही गुनासो सम्बोधन गर्न रातीमा बत्ती मर्मतका काम गर्न लागिएको वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावतले जानकारी दिए ।

आकस्मिक मर्मतबाहेकका अन्य सबै मर्मत तथा लाइन सुधारका काम रातीमात्र गरिने भएको छ ।

आकस्मिक मर्मत बाहेकका अन्य सबै मर्मत तथा लाइन सुधारका काम रातीमात्र गरिने भएको छ । ‘विद्युत लाइनमा आवश्यक सामग्री फेरबदल तथा मर्मत गर्दा लामो समयसम्म बत्ती जान सक्ने भएकाले राती काम गर्न लागिएको हो,’ उनले भने, ‘जसले उपभोक्तालाई असर नपर्र्ला भन्ने अपेक्षा छ ।’ रातीमा लाइन मर्मत गर्ने निर्णय आइतवारदेखि नै कार्यान्वयनमा लगिएको प्रमुख रावतले बताए । उनका अनुसार यस्ता खालका मर्मतका काम राती साढे १० बजेभन्दा पछि मात्र हुनेछन् ।

प्रकाशित मितिः   १९ पुष २०७८, सोमबार ०५:०४