सकियो माओवादीको महाधिवेशन

सुर्खेत: नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतवार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रचण्डले दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुई सय २६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ । अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमवार चयन गरिने जनाइएको छ । केन्द्रीय कमिटीको सोमवार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने महराले जानकारी दिए । माओवादीको महाधिवेशन पुस ११ देखि सुरु भएको थियो । पहिले राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि अन्तिममा सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको हो ।

प्रकाशित मितिः   १९ पुष २०७८, सोमबार ०५:०४