ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत: ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–७ को नागमोडमा आइतवार दिउँसो भएको दुर्घटनामा महाबु गाउँपालिका–५ का २१ वर्षीय भुवन शाहीको ज्यान गएको हो । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटना भएको ट्याक्टरमा सहचालकसहित अन्य तीन जना सवार थिए । उनीहरूको अवस्था भने सामान्य रहेको आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   १९ पुष २०७८, सोमबार ०५:०३