प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन् । शनिवार प्रदेश प्रमुख तिलक परियारसँग भेट गरी मुख्यमन्त्री शाहीले सरकारले सम्पादन गरेका कामका बारेमा जानकारी गराएका हुन् ।
मुख्यमन्त्री शाहीले हरेक बुधवार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, हरेक आइतवार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको जस्ता विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् । उनले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको पनि भेटका क्रममा जानकारी गराएका छन् ।
भेटका क्रममा प्रदेश प्रमुख परियारले आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यही अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् । कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरू प्रदेश सरकारले खरिद र बजारीकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि जाने मानिसलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरण मिलाउनसमेत प्रदेश सरकारलाई सुझाव दिए ।
प्रकाशित मितिः १८ पुष २०७८, आईतवार ०५:०३
साझा बिसौनी ।