पेट्रोल, डिजेल र मट्टितेलकोे मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो।
निगमका प्रवक्ता भानु खनालकाअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर चार रुपैयाँ ५० पैसा बृद्धि गरिएको हो। यो मूल्यअनुसार अब प्रति लिटर पेट्रोललाई एक सय एक रुपैयाँ कायम भएको छ । यसैगरी प्रति लिटर डिजेल र मट्टितेललाई ७७ रुपैयाँ ५० पैसा कायम भएको छ।

इण्डियन आयल कर्पोरेशन९आईओसी० ले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको भन्दै नेपाललाई नयाँ मूल्य सूची उपलब्ध गराएको आधारमा निगमले तीन प्रकारकै इन्धनको मूल्यमा वृद्धि गरेको हो।

ग्यासको मूल्य भने यथावतै राखिएको प्रवक्ता खनालले जानकारी दिए। निगमले अन्तर्राष्ट्रिय मूल्यको आधारमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य निर्धारण गर्दैआएको छ।

प्रकाशित मितिः   ४ पुष २०७३, सोमबार १८:५२