१३ जना कर्मचारीलाई जेल सजाय

जिल्ला अदालत, बर्दियाले नापीका ११, मालपोत कार्यालयका दुई कर्मचारीलाई किर्ते गरेको अभियोगमा तीन वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला अदालतका न्यायधिश लोकजंग शाहको एकल ईजलाशले उक्त सजाय तोकेको हो । यसै गरि सोही मुद्दामा मालपोतका कार्यालयका तात्कालिन नासुद्धय ईश्वरी प्रसाद दाहाल र प्रकाश चन्द्र बुढाथोकीलाई तीन वर्ष ५ महिना कैद सजाय गरेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा वितरण गर्दे नक्कली जग्गाधनी पुर्जा बनाएको आरोपमा सजाय गरेको हो । नक्कली धनीपुर्जा बनाएको अभियोग लागेका सोरहवा गाविस(६ का राम नरेश यादवलाई १ वर्ष कैद र २ लाख ४० हजार जरिमाना तोकेको छ ।

जिल्ला अदालतका अनुसार अभियोगीले सरकारी स्वामित्तमा रहेको जग्गा किर्ते गरि करिब ४ करोड ठगी गरेको अभियोगमा जेल सजायको फैसला गरेको हो ।