जनसेवाको स्थापना दिवस मनाइयो


साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत । 
जनसेवा उच्च माध्यमिक विद्यालय घुस्रा सुर्खेतको ३३ औं विद्यालय स्थापना दिवस एवम् वार्षिकोत्सव कार्यक्रम मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल शर्माको सभापतित्व तथा जिल्ला शिक्षा अधिकारी दीपा हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले विद्यालयको गतिविधिका साथै आगामी योजना प्रस्तुत गरेका थिए । उनले नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ बाट कम्प्युटर विषय अध्यापन गराइने, मल्टिमिडिया आइसिटीको प्रयोग प्रत्येक कक्षामा गर्ने, विज्ञापन प्रयोगशाखामा कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीको पहुँचमा पु¥याउने लगायतका आगामी योजनाबारे जानकारी गराएका थिए । विद्यालयका लेखापाल दोर्णजंग बिसीले आय–व्यय विवरण प्रस्तुत गरेका थिए । 
सोही कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक गेहेन्द्रप्रसाद दहाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशबहादुर वली, विद्यालय निर्माणमा सक्रिय अभिभावक मनबहादुर बुढा, सक्रिय अभिभावक मनिषा विक र शैक्षिक उपलब्धि वृद्धिमा योगदान पु¥याउने शिक्षक नारदप्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।
प्रकाशित मितिः   १ बैशाख २०७३, बुधबार १०:५१