जनहितकारीद्वारा घरदैलो

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले सदस्य भेटघाट तथा घरदैलो अभियान गरेको छ । संस्थाको २३औं स्थापना दिवसको अवसर पारेर सेवाक्षेत्र अन्तर्गत शनिवार वीरेन्द्रनगरको वडा नं. ३ को मुलपानी, मसुरीखेत तथा ज्योतिटोलमा कार्यक्रम गरिएको हो ।

स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको पहिलो दिन संस्थाका निक्षेप वृद्धि उपसमितिका संयोजक लोकप्रसाद ढकालको संयोजकत्वमा नयाँ ८३ जना शेयर सदस्य तथा ३७ जना बाल सदस्य थप गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुस ११ गते निःशुल्क स्वास्थ्य शिविर, १२ गते सेवा क्षेत्रभित्रका सहकारी संस्थाहरूबीच अन्तरक्रिया गोष्ठी, १३ गते आँखादान कार्यक्रम, १४ गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, १७ गते ७० वर्ष पूरा भएका ज्येष्ठ सदस्य सम्मान कार्यक्रम, १८ गते अन्य विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरणसहित मुल समारोह समापन गरिने संस्थाका वित्तिय परामर्शक भोजप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार ११:००