बौद्धको साधारण सभा सुरु

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २१औं वार्षिक साधारण सभा अन्तर्गत इकाई भेला सुरु गरेको छ । इकाई नं. १ को भेला दैलेखको आठबीस नगरपालिका राकम कर्णलीमा सम्पन्न भएको छ ।

साधारण सभा सञ्चालन निर्देशिका र सहकारी नियमअनुसार इकाइ भेलामार्फत वार्षिक साधारणसभाका कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ । जसअन्तर्गत बौद्ध ग्रामीण सहकारीले सदस्यहरूलाई सात इकाइमा विभाजन गरी साधारणसभा गर्न लागेको हो । कोरोना महामारीको जोखिमलाई ख्याल गर्दै संस्थाले यस वर्षको साधारण सभा भर्चूअल माध्यमबाट सञ्चालन गरेको छ ।

संस्थाका सचिव पासाङ महताराका अनुसार सहकारी आफ्नो मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । कार्यक्रममा संस्थाको लघुवित्त कार्यक्रमतर्फ उत्कृष्ट कारोबार गर्ने प्रथम, दोस्रो र तेस्रो केन्द्रहरू, उत्कृष्ठ बचतकर्ता, असल ऋणी तथा उत्कृष्ट लघुउद्यमी सदस्यलाई पुरस्कृतसमेत गरिएको छ ।

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार १०:५७