साझा सहकारीको पुँजी दश करोड

सुर्खेत: साझा बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षता एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा शनिवार वीरेन्द्रनगरमा सभा गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ संस्थाको कूल पुँजी दश करोड ५६ लाख ७० हजार रहेको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४४ लाख ६० हजार बासाताल पुर्‍याउने लक्ष्य लिइएको छ । संस्थाका सचिव ओमजंग रोकायले प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने दुई जना बचतकर्ता तथा दुई जना ऋण्ी सदस्यसहित उत्कृष्ट कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार १०:५६