प्रगतिशिल पत्रकार संघ दैलेखमा अाचार्य

प्रगतिशील पत्रकार संघ नेपाल दैलेख शाखाको दोस्रो जिल्ला भेला आज सम्पन्न भएको छ । भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

जसको सचिवमा तिर्थ भण्डारी, कोषाध्यक्षमा प्रेम बहादुर शाही सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा लक्ष्मी प्रसाद रेग्मी, पृथ्वी के सी, खम्बीरा रेग्मी, मीना रेग्मी, संगीता थापा र रजनी योगी निर्वाचित भएका छन् । अहिले २ पद रिक्त रहने जनाइएको छ ।

भेलाले चार सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा कविराज खत्री, नेमबहादुर शाही, सीताराम थापा र गणेश रोकाय रहेका छन् ।

नयाँ कार्य समितिलाई शुभकामना दिँदै राष्ट्रिय जनमोर्चा दैलेखका जिल्ला उपाध्यक्ष एवम भेलाका प्रमुख अतिथी कवीराज खत्रीले विश्वमा हुने जुनसुकै परिवर्तनमा पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले सत्य तथ्यमा आधारीत समाचार मात्र समप्रेषण गर्न सुझाव दिए । उनले व्यवसायिक, खोजमुलक र मिशन पत्रकारिताले मात्र पत्रकारहरुको लक्ष्य पूरा हुने भएकोले प्रगतिशील पत्रकारको जन्म भएको बताए ।