नेपालले मलेसियालाई हरायो
सावित्री भण्डारीको निर्णायक गोल मद्वतमा नेपाली महिला टोलीले मलेसियाको महिला टोलीलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ।
शनिबार एन्फा कम्प्लेक्स सातदोवोमा भएको खेलमा नेपालले मलेसियालाई १-० गोल अन्तरले पराजित गरेको छ। नेपालको जितमा सावित्री भण्डारीले २७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
नेपाली महिला टोली फिफा वरीयतामा ११२ औं स्थानमा छ भने मलेसिया ८६ औं स्थानमा छ।
दक्षिण एसियाली क्षेत्र बाहिरका कुवेत र कतारलाई पनि नेपालले ३ वर्ष अघि मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो।
यही डिसेम्बर २६ देखि भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो।
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १७:१८
साझा बिसौनी ।