दुई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा
सुर्खेत: बंगलादेशको ढाकामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुर्खेतका दुई जना खेलाडी सहभागी हुने भएका छन् । पुस १२ देखि १४ गतेसम्म ढाकामा प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सुर्खेतबाट प्रकाश खड्का र सन्दिप महत सहभागी हुने भएका हुन् ।
दुवै खेलाडीलाई जिल्ला खेलकुद विकास समितिको समन्वयमा नेपाल गो–जुरियो दो कराँते संघ सुर्खेतले बुधवार बिधाइ गरेको छ । संघका अध्यक्ष लोकेन्द्रराज शाहीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
खेलाडीहरू आफ्नै खर्चमा प्रतियोगितामा सहभागी हुन लागेका हुन् । प्रतियोगितामा सहभागी हुनका लागि सरकार र सम्बन्धित निकाय कसैले पनि हालसम्म कुनै सहयोग नगरेको खेलाडीहरूले बताएका छन् । उनीहरू बिहीवार ढाकाका लागि प्रस्थान गर्नेछन् ।
प्रकाशित मितिः ८ पुष २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।