आजदेखि नियमित उडान

विमानस्थलको धावनमार्ग मर्मतको काम सकियो

सुर्खेत: एक महिनादेखि बन्द सुर्खेत विमान स्थल पुनः सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आज (मंगलवार) देखि विमानस्थल सञ्चालन गर्न लागिएको हो । मंसिर १० गतेदेखि विमानस्थल मर्मतको काम थालिएको थियो ।

विमानस्थल सञ्चालन हुने भएपछि मंगलवारका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो । नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गथ्र्यो । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभर–ले गर्ने काम सम्पन्न भएको छ ।

प्रकाशित मितिः   ६ पुष २०७८, मंगलवार ०९:५७