यी हुन् मेस्सी र रोनाल्डो भन्दा महंगा फुटबलर !

अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज कीर्तिमान मूल्यमा चिनियाँ क्लब शांघाई सेनुवामा अनुवन्ध नजिक पुगेका छन् । र, यो सम्झौता भए उनी क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै सबैभन्दा महंगा फुटबलर बन्ने छन् ।

३२ वर्षीय टेभेज ९ वर्ष युरोपमा खेलेर गत वर्ष आफ्नो बाल्यकालको क्लब बोका जुनियर्सबाट खेल्न अर्जेन्टिना फर्किएका थिए । तर, उनी चिनियाँ लिग खेल्न जाने तयारीमा छ ।

द सनका अनुसार टेभेजलाई दुई वर्षका लागि अनुबन्ध गर्न लागेको शांघाई सेनुवाले साताको ६ सय मिलियन पाउण्ड प्रस्ताव गरेको छ । शांघाईका अध्यक्षले टेभेजलाई भित्र्याउन धेरै काम गरेको भन्दै छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ अर्को क्लब शांघाई पीआईपीजीले पनि मोटो रकम खर्चिएर ओस्कारलाई लैजाने तयारी गरेको छ ।

एजेन्सीबाट