माओवादी केन्द्रको प्रदेश अध्यक्षमा विमला केसी
सुर्खेत – नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन भएकी छिन् । आज बसेको प्रदेश कमिटीको बैठकले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
मंगलवार सम्पन्न प्रथम अधिवेशनबाट पदाधिकारी छनोट गर्न नसकेपछि २ सय ११ सदस्य चयन गरेर अधिवेशन समापन गरिएको थियो । आज प्रदेश बैठकमार्फत अध्यक्ष छनोट गरिएको हो । अन्य पदाधिकारीको विषयमा छलफल चलिरहेको जनाइएको छ ।
केसी कर्णाली प्रदेशसभा सदस्य हुन् भने पूर्वमन्त्री पनि हुन् ।
प्रकाशित मितिः २९ मंसिर २०७८, बुधबार १७:१५
साझा बिसौनी ।