पदाधिकारी नटुङ्ग्याइ माओवादीको प्रदेश अधिवेशन समापन
सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनले दुई ११ प्रदेश कमिटी सदस्य चयन गरेको छ । मंगलबार सम्पन्न भएको प्रदेश सम्मेलनले सदस्यको टुंगो लगाए पनि पदाधिकारी चयन गर्न भने सकेन । आकांक्षी बढी भएकाले पदाधिकारी छनोट हुन नसकेको हो । प्रदेश सदस्यहररूको पहिलो बैठकले पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न गरिएको छ ।
प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र पूर्वमन्त्री विमला केसीलगायतको नाम चर्चामा थियो । अब भने प्रदेश सदस्यहरूबाट नै अध्यक्ष चुनिने भएको छ । केन्द्रीय सदस्यहरूबीच अध्यक्षमा सहमति जुट्न नसकेपछि अब प्रदेश समिति सदस्यहरूबाट नै अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको हो ।
रुकुम पश्चिमबाट ३२, सल्यान र कालीकोटबाट २९/२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८/१८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० जना प्रदेश सदस्यमा चयन भएका छन् । आजै पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।
प्रकाशित मितिः २९ मंसिर २०७८, बुधबार १२:३७
साझा बिसौनी ।