एमसीसीको विरोधमा प्रदर्शन

सुर्खेत: विभिन्न सात राजनीतिक दलले एमसीसीको विरोधमा पदर्शन गरेका छन् । सोमवार प्रदेश राजधानी वीरेन्द्रनगरमा ¥यालीसहित विरोधसभा गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनतान्त्रीक मोर्चा नेपाललगायतका दलले एमसीसी राष्ट्रघाति भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७८, मंगलवार ०८:१५