पत्रकार पाण्डे पुरस्कृत

सुर्खेत: पत्रकार रमेशकुमार पाण्डे पुरस्कृत हुने भएका छन् । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले पत्रकारितामार्फत कर्णाली प्रदेशको खेलकुद क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै पाण्डेलाई पुरस्कृत गर्न लागेको हो ।

मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको छ । पाण्डेसहित सातै प्रदेशबाट एक÷एक जना पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कृत पाण्डे गुराँसखबरका प्रधान सम्पादक हुन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७८, मंगलवार ०८:१३