पाँच बुँदे घोषणापत्र जारी

सुर्खेत: सञ्चारिका समूह कर्णाली प्रदेशले पा“च बु“दे घोषणापत्र जारी गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ गोठीका“डामा शनिवार सम्पन्न बैठकले घोषणापत्र जारी गरेको हो । घोषणापत्रमार्फत सञ्चार नीति तथा सञ्चार सञ्चालनका मापदण्डहरू लैङ्गिकमैत्री हुनुपर्ने माग सरकारस“ग गरिएको छ । उक्त घोषणापत्रमा प्रदेश सरकारलाई तत्काल सञ्चार नीति निर्माण गर्न ध्यानाकर्षण गराइएको छ ।

सरकारले निर्माण गर्ने उक्त नीति लैङ्गिकमैत्री हुनुपर्ने समूहको मुख्य माग हो । महिलाहरूले सञ्चालन गरेका सञ्चारमाध्यमहरूको दर्ता तथा नविकरणमा ५० प्रतिशत छुटसहित सञ्चारमाध्यम सञ्चालनका लागि विशेष कार्यक्रमहरू सुनिश्चितताको व्यवस्था गर्न अपिल गरिएको छ । यसैगरी तीनै तहका सरकारले सञ्चारमाध्यमहरूलाई उपलब्ध गराउ“दै आएको लोककल्याणकारी विज्ञापन तथा अन्य सुचनाहरू कुन सञ्चारमाध्यलाई उपलब्ध गराइयो भन्ने विवरण वार्षिक रूपमा नै सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै, राज्यको नियमानुसार दर्ता भइ सञ्चालनमा आएका सबै प्रकारका सञ्चारमाध्यमहरूलाई समान हिसाबले विज्ञापन तथा सूचना वितरणको प्रबन्ध मिलाउन पनि सरकारस“ग माग गरिएको समूहका कर्णाली प्रदेश महासचिव चा“दनी कठायतले जानकारी दिइन् । उनका अनुसार विशेषगरी महिला कर्मचारीहरूलाई राज्यको नियमानुसार सुत्केरी बिदा तथा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा पनि समूहले घोषणापत्रमार्फत जोड दिएको छ ।

सञ्चारिका समूह कर्णाली प्रदेशले सञ्चार माध्यम तथा सरकारी र अन्य सञ्चारस“ग सम्बन्धित संरचनामा ३३ प्रतिशत सहभागिता सुनिश्चितता हुनेगरी कार्यकारी भुमिकामा महिला पत्रकारको पहु“च पु¥याउन पनि माग गरेको छ । यसैगरी कर्णाली प्रदेशका दशवटै जिल्लाहरूमा महिला पत्रकारहरूको लागि आधारभुत र प्रदेशस्तरमा विधागत तालिमको व्यवस्थाका लागि तीनवटै तहका सरकारलाई आग्रह पनि समूहले गरेको छ । सञ्चारिका समूह कर्णाली प्रदेशका अध्यक्ष सीता वलीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २७ मंसिर २०७८, सोमबार ११:३१