लेकवेशीको अध्यक्षमा पुनः खड्का

सुर्खेत: लेकवेशी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रेमबहादुर खड्का चयन भएका छन् । संस्थाको १५औं वार्षिक साधारणसभाबाट खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा भूमिका चन्द, सचिवमा रामबाबु बिसी कोषाध्यक्षमा दुर्गाप्रसाद सापकोटा तथा सदस्यहरूमा टिकाराम पौडेल, निरक वली, शान्ति खड्का, विमला थापा र बिनिता रोकाय चयन भएका छन् । यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद ढुंगाना तथा सदस्यमा चन्द्रबहादुर केसी र शान्ति बिसी छनोट भएका छन् ।

प्रकाशित मितिः   २६ मंसिर २०७८, आईतवार ००:४५