साना किसान लाटीकोइलीमा सिंह

सुर्खेत: साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर–९ सुर्खेतको अध्यक्षमा शान्ति सिंह निर्वाचित भएकी छिन् । शनिवार भएको निर्वाचनमा मानबहादुर चौधरीलाई एक मतले पराजित गर्दै सिंह अध्यक्ष निर्वाचित भएकी हुन् । १३ जना मतदाताबीच भएको निर्वाचितमा सिंहले सात मत प्राप्त गर्दा चौधरीले ६ मत पाए ।

संस्थाको २४औं साधारण सभाले सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचन गरिएको हो । यस्तै उपाध्यक्षमा सिता पौडेल निर्विरोध भएकी छिन् । बाँकी सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २६ मंसिर २०७८, आईतवार ००:४३