कविता

मेरा प्यारा

थाहा थिएन तिमी को हौ भनेर
आयौ मेरो जीवनमा उज्यालो बनेर

सपना त धेरै केही छैनन् प्यारा
बस लड्दा हात अनि परेका बेला साथ देऊ है प्यारा

थाहा छैन तिमीलाई मेरा लागि कति खास हौ भनेर
दुनियाँका लागि तिमी एक हौ, मेरा लागि दुनियाँ हौ भनेर
एकान्तमा बस्छु अनि टोलाउँछु, त्यो तिम्रो मुस्कान देखेर
हराउँछन् मेरा ति सारा दुःख अनि पीडा, त्यो तिम्रो बोली सुनेर

दुनियाँको लागि म बनिदिन्छु, तिम्रो अघि म, म बन्न पाउँ
मेरा हरेक दुःख अनि सुखसँगै साट्न पाऊँ

लामो जीवनमा कहिले दुःख अनि कष्ट आउँलान् है माया
तर, तिमी कहिल्यै हार नखानु, सधैँ घाम अनि छाया झै बनि कटाउँला है माया

तिमी ढुक्क हौ, तिम्रो हात अनि साथ कहिल्यै छाड्ने छैन
तिमीले गरेको त्यो विश्वास, विश्वास घात गर्ने छैन

भन्न त दुनियाँ जे पनि भन्लान्
तर, यो गरेको बाचा कहिल्यै तोड्ने छैन ।

– मृष्टिना शाही

प्रकाशित मितिः   २५ मंसिर २०७८, शनिबार ०१:१७