नेपाली महिला टिम मलेसियाविरुद्ध भिड्दै
चौथो साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । उक्त मैत्रीपूर्ण खेललाई साफअघि नेपाली टिमको परीक्षणका रूपमा लिइएको छ । खेल आज दिउँसो दुइ बजे हुँदैछ ।
‘मागअनुसार एन्फाले मैत्रीपूर्ण खेलको व्यवस्था गरेकामा खुसी छौं,’ कुनै पनि प्रतियोगिता नेपाली महिला टिमले अभ्यासका रूपमा पहिलोपल्ट खेल्न लागेकोबारे प्रशिक्षक कुमार थापाले भने, ‘जति सिकाउनुपर्ने मैले सिकाएको छु, ट्रेनिङ दिएको छु । त्यसको परीक्षणका रूपमा मलेसियासँगको खेललाई लिएको छु । यसले साफमा अधिकतम फाइदा गर्ने आस छ ।’ धेरै खेलाडीलाई ‘म्याच एक्सपोजर’ दिने पनि उनले बताए ।
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १२:३७
साझा बिसौनी ।