महोत्सवमा आज : राजेश हमालदेखि ज्योती मगरसम्म
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली एक्स्पो एवम् अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुको सहभागिता हुँदैछ ।
आयोजकले दिएको जानकारी अनुसार हिजो नै सुर्खेत आएका महानायक राजेश हमाल आज पनि हुनेछन् । त्यसैगरी चर्चित गायिका ज्योती मगरले पनि आज स्टेज तताउनेछिन् ।
राजेश र ज्योतीका साथै कालिप्रसाद बासकोटा, महादेव त्रिपाठी लगायतका कलाकारले प्रस्तुती दिनेछन् ।
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १२:३४
साझा बिसौनी ।