कर्णालीबाट ११ जना निर्विरोध
सुर्खेत: नेकपा एमालेको केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट ११ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेशको खुलातर्फबाट ६ जना, महिलातर्फ तीन जना, पिछडीएको क्षेत्र (महिला) र महिला खुलातर्फबाट एक/एक जना निर्विरोध केन्द्रीय सदस्य भएका हुन् ।
खुलातर्फ उम्मेदवारी दिएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका हुन् ।
प्रदेशको महिला कोटाबाट पनि तीन जना निर्विरोध भएका छन् । तीर्था गौतम, मिनासिंह रखाल र मोहनमाया ढकाल केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका हुन् । पिछडीएको क्षेत्र (महिला)बाट बद्मी क्वारी बोहोरा र महिला खुलातर्फबाट दक्षिणा शाही निर्विरोध बनेका हुन् ।
खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका बाँकीले भने निर्वाचन लड्नुपर्ने भएको छ । यामलाल कंडेल, गोरखबहादुर बोगटी, नवराज रावत, मोहन बाँनिया, दल रावल, सिपी घर्ती, राजबहादुर बुढा, लक्ष्मी पोखरेल र भैरवसुन्दर श्रेष्ठले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पनि निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केन्द्रीय सदस्यमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै आइतवार राती ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेकामध्येबाट उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।
प्रकाशित मितिः १४ मंसिर २०७८, मंगलवार ०९:४६
साझा बिसौनी ।