कर्णालीको दोस्रो हार

सुर्खेत: १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा शनिवार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको एक सय १४ रनको लक्ष्य गण्डकीले २६ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीको जितमा दिपक डुम्रेले सर्वाधिक ३४ रन जोडे । उत्सव श्रेष्ठले २६ तथा अर्जुन कुमालले १४ रनको योगदान गरे । कर्णालीका लागि सन्दीप शाही र निश्चल रावलले समान २–२ विकेट हात पारे । अनुज चनारा, रूपक दाहाल र दिनेश पुनले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा अल आउट हुदै एक सय १३ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन जोड्दा अनुज चनाराले २२ तथा रूपक दाहालले २० रनको योगदान गरे । गण्डकीका किरण पौडेलले सर्वाधिक ३ विकेट तथा सुदिप अर्याल र सुवाश भण्डारीले एक–एक विकेट हात पारे । पहिलो खेलमा जित हारेको कर्णाली त्यसपछि भने लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७८, आईतवार ०५:०२