ह्याण्डबलका तीन खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ह्याण्डबलमा सुर्खेतबाट तीन जना खेलाडी छनौट भएका छन् ।
दाङमा सम्पन्न मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल सुर्खेतका तीन खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट भएका हुन् ।
भुवन शाही, विष्णु खड्का र केशव विष्ट राष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । छनौट भएका तीनै जना खेलाडी वीरेन्द्रनगरस्थित आदर्शराज माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १३:३२
साझा बिसौनी ।