छानविन समिति गठन

कर्णाली एक्स्पोको उद्घाटनका लागि निकालिएको ¥यालीमा सहभागी हुँदा एक बालिकाको मृत्यु भएको घटनाको छानविनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले समिति गठन गरेको छ । जिल्ला शिक्षा समितिको बिहीवार बसेको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बलवीर सुनारको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल र महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेम आचार्य रहेकाछन् । समितिलाई सत्य तथ्य छानविन गरी १० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । मंसिर २३ गते उद्घाटन गरिएको कर्णाली एक्स्पोको उद्घाटनमा निकालिएको ¥यालीमा सहभागी छात्रा समीक्षा आचार्यको मृत्यु भएको थियो ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह र शिक्षक महासंघ सुर्खेतका अध्यक्ष पद्मप्रसाद गौलीको सहभागिता रहेको थियो ।