नेपालले भारतलाइ दियो १७३ रनको लक्ष्य

एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतलाइ १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भारतविरुद्ध कमजोर प्रदर्शन गर्यो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।

नेपालका लागि रोहित कुमार पौडेलले ६८ र दिपेन्द्रसिह एेरीले ३४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो ।

नेपाल हिजो श्रीलङ्कासँग १ रनले पराजित भएको थियो ।