कांग्रेसको जिल्ला अधिवेशन आज

सुर्खेत: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतमा आज (शुक्रवार) जिल्ला अधिवेशन हुने भएको छ । शुक्रवारबाट अधिवेशन सुरू हुने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत दुर्गा सापकोटाले जनाए । अधिवेशनले पार्टीको आगामी जिल्ला नेतृत्व चयन गर्नेछ । निर्वाचन समितका अनुसार मतदानको समय भने टुङ्गो लागेको छैन । शनिवार बिहान ८ बजेदेखि दिउँसो तीन बजेसम्म मतदान गर्नेगरी छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ । ‘हामीले यो समय प्रस्ताव गरेका छौं,’ सापकोटाले भने, ‘निर्णय भने भइसकेको छैन ।’

कांग्रेसको जिल्ला अधिवेशनका लागि सुर्खेतमा करिब एक हजार आठ सय प्रतिनिधि छनोट भएका छन् । जिल्लामा सभापतिसहित सात पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन हुनेछ  । कर्णालीका दशमध्ये आठ जिल्लामा भने यसअघि जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् ।

प्रकाशित मितिः   १० मंसिर २०७८, शुक्रबार ०५:०७