पत्रकारितासम्बन्धी प्रशिक्षण

सुर्खेत: वीरेन्द्रनगरमा पत्रकारितासम्बन्धी आधारभूत प्रशिक्षण सुरू भएको छ । युरोपियन यूनियनको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघको आयोजना तथा सुर्खेत शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । उद्घाटन सत्रमा बोल्दै महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले यस्ता तालिम तथा प्रशिक्षणले मिडिया विकास र पत्रकारहरूको दक्षता अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । उनले तालिम पश्चात् पत्रकारहरूको क्षमता विकास हुनेमा समेत विश्वास व्यक्त गरे । सुर्खेत शाखा अध्यक्ष ललित बसेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, महासंघका कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईलगायतको सहभागिता रहेको थियो ।

यस्तै, इन्टनेशनल अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री र पत्रकार महासंघका कार्यक्रम अधिकृत संघर्ष पन्तले आधारभूत तालिमका सम्बन्धमा सहभागिहरूलाई जानकारी गराएका थिए । आधाभूत तालिमको प्रशिक्षक पत्रकार सूर्यमणि गौतम छन् । बुधवारदेखि सुरू भएको तालिम सात दिनसम्म सञ्चालन हुनेछ । करिब ४० जना सहभागि रहेको तालिम दुई सिफ्टमा सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ९ मंसिर २०७८, बिहीबार ०५:०१