कर्णालीका ७ जिल्ला सभापति कुन समूहका ?

सुर्खेत – कर्णाली प्रदेशका आठ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रदेशका दसमध्ये सात जिल्लामा नेतृत्व चयन गरिएको हो ।

अधिवेशन सम्पन्न भएका सातमध्ये ५ जिल्लामा संस्थापन समूह विजयी भएको छ ।

हुम्लामा मोहन विक्रम सिंह जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यस्तै मुगुमा ऐनबहादुर शाही, सल्यानमा केशवबहादुर विष्ट, डोल्पामा दीपेन्द्रबहादुर शाही र जुम्लामा कर्णबहादुर शाही जिल्ला सभापति बनेका छन् । उनीहरु सबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

संस्थापनइतर समूहबाट जिल्ला सभापति हुनेमा कालिकोटका अम्बरबहादुर शाही  छन् । उनी रामचन्द्र पौडेल समूहका हुन् । कालिकोटमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

यसैगरी जाजरकोटको सभापतिमा चयन भएका वेदराज सिंह भने कुनै समूहमा खुलेका छैनन् । उनी सर्वसम्मत रुपमा सभापति बनेका हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यतिबेला विभिन्न तहका निर्वाचन भइरहेका छन् । कर्णालीका सुर्खेत, दैलेख र रुकुम पश्चिममा नेतृत्व टुङ्गो लाग्न बाँकी छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार १३:३१