सुर्खेतमा संस्थापन समूहको एकलौटी जित

सुर्खेत- सुर्खेतका दुइवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन समूहले एकलौटी जित हात पारेको छ । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा इतरसमूहलाई शून्य बनाउँदै संस्थापन समूह निर्वाचित भएको हो ।

क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भए । डाँगीले सात सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय तीन मत प्राप्त गरे । डाँगीसहित उनको प्यानल नै निर्वाचित भएको छ ।

उक्त क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासहित उनको प्यानल विजयी भएको छ । खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरी भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्लाकै निर्वाचन क्षेत्र नं. २ मा पनि संस्थापन पक्ष नै विजयी भएको हो । क्षेत्रीय सभापतिमा इन्द्रबहादुर रावलसहित  उनको सिङ्गो प्यानल नै विजयी भएको हो ।

महाधिवेशन प्रतिनिधिमा उपेन्द्र थापा, कमलबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बिसी, विष्णुकुमार खड्का, श्याम भारती, जानकी सिंह, धनादेवी विष्ट र मुक्तिदेवी पुरी निर्वाचित भएका छन् । यस्तै रुक्मणी रेग्मी, डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, जयमाया योगी, हजुरा शाही, पूर्णबहादुर राना, लोकबहादुर विश्वकर्मा,शान्ति पहाडी, सतार बक्स र भद्राकुमारी मिजार पनि महाधिवेशन प्रतिनिधि बनेका छन् । निर्वाचित सबै संस्थापन समूहका हुन् ।

संस्थापनइतर समूहबाट कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी, पूर्वमन्त्री शिवराज जोशीलगायतका नेताहरु प्रतिनिधिमै पराजित भएका छन् ।

यसअघि सम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा जिल्लाका चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको थियो । जिल्लाका नौ स्थानीय तहमध्ये आठ वटाको नेतृत्वमा पनि संस्थापनले नै बाजी मारेको छ । संस्थापनइतर समूह जिल्लाभर नै कमजोर देखिएको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार १३:०४