कर्णालीको सानदार जित

सुर्खेत: १९ वर्षमुनिको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । बुधवार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई एक सय ४० रनको अन्तरले पराजित गर्दै सानदार जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कर्णालीले प्रस्तुत गरेको दुई सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा मात्र बनायो । लुम्बिनीका लागि प्रज्वल थापाले २८, दुर्गेश गुप्ताले २० र अकाश त्रिपाटीले १५ रन जोडे । कर्णालीका प्रकाश जैसीले पाँच विकेट तथा युनिस सिंहले तीन र अनुज चनाराले दुई विकेट लिए ।

यसअघि टस टस जितेर ब्याटिङका लागि आएको कर्णालीले सुवास ऐयरको ७६ रन मद्दतमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल खडा गरेको थियो । कर्णालीका निश्चल रावलले ४४ र ओपनर बिपिन रावलले ३२ रन बनाए । लुम्बिनीका दुर्गेशले चार, विशाल विक्रम केसीले दुई तथा मोहम्मद हुसैन र वासिर अहमदले समान एक विकेट लिए ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार १९:२७