सुर्खेतमा कांग्रेसको पालिका अधिवेशन, प्रतिस्पर्धामा खड्का र थानी समूह
सुर्खेत – नेपाली कांग्रेसले आज सुर्खेतका ९ वटै स्थानीय तहमा नेतृत्व चयन गर्दैछ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत बुधवार सुर्खेतमा पालिकाको अधिवेशन हुन लागेको हो ।
जिल्लाका सबै वडाअधिवेशन सकिएको र आज पालिका अधिवेशन हुन लागेको जिल्ला निर्वाचन अधिकृत मदन रेग्मीले जानकारी दिए ।
वडादेखि नै संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व र प्रतिनिधि चयनमा प्रतिस्पर्धा भएको थियो । सुर्खेतमा संस्थापन पक्षको नेतृत्व पार्टीका महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दछन् । यसकारण पनि जिल्लामा खड्का र थानी समूहका रुपमा चर्चा हुने गरेको छ ।
पालिका अधिवेशनमा पनि खड्का र थानी समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार १२:४३
साझा बिसौनी ।