अर्जेन्टिना फिफा विश्वकपका लागि छनोट

अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ।  बुधवार बिहान भएको खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेल्दै अर्जेन्टिनाले कतार विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा गोलरहित बराबरी गर्दा पनि छनोट भएको हो ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोडेको छ।  शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै विश्वकमा छनोट भइसकेको छ। समान खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले पनि विश्वकपमा स्थान बनाएको हो ।

योसँगै फिफा विश्वकप खेल्ने १३ टोलीको टुङ्गो लागेको छ । १० युराेपेली टाेली, ब्राजिल र एशियन क्षेत्रबाट आयोजक कतारसहित विश्वकपमा पुग्ने १२ टोली टुङ्गो यसअघि नै लागेको थियो ।

प्रकाशित मितिः   १ मंसिर २०७८, बुधबार १२:२३