कतारमाथि नेपालको फराकिलो जित
काठमाडौं – नेपाली महिला क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा नेपालले कतारमाथि एक सय १९ रनको भारी अन्तरले जित निकालेको हो ।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतक प्रहार गरिन् । उनले ४७ बलमा ५५ रनको योगफल बनाइन् । त्यसैगरी सीता रानामगरले ३३ र सरीता मगरले २१ रन बनाए ।
जवाफमा नेपालको धारिलो बलिङसामु कतार १२ औं ओभरमा २७ रनमै अलआउट भयो । नेपालका लागि रुबिना चौधरीले तीन तथा कविता कुँवर र सीता रानामगरले दुई/दुई विकेट लिए ।
खातै २ विकेट गुमाएको कतारका कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्। नेपालकी इन्दु बर्मा प्लेयर अफ दी म्याच घोषित भइन् ।
यो जितसँगै नेपालले तीन म्याचको सिरिजमा १-० को अग्रता कायम गरेको छ ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १९:२६
साझा बिसौनी ।