प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त
जनकपुर – प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार रायलाई पदमुक्त गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन उनलाई बर्खास्त गरिएको हो ।
बर्खास्त गरिएका मन्त्री रायको मन्त्रालय नेकपा (एस) का प्रदेश संसदीय दलका नेता शत्रुधन महतोलाई दिइँदैछ ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १९:१८
साझा बिसौनी ।