कक्षा १२ को परीक्षाफल मंसीरभित्रै
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीरभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बोर्डले जनाएको छ ।
कोरोना महामारीका कारण यसअघि दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १९:१४
साझा बिसौनी ।