दुई सातापछि सरकार विस्तार, कृषिमन्त्रीमा शाही
सुर्खेत – मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको दुई सातापछि कर्णाली प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री शाहीले मंगलवार एक जना मन्त्री थप गरेका हुन् ।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाहीलाई मन्त्री नियुक्त गरिएको हो ।
शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तीन दलीय गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन ।
थप एक जना मन्त्री नियुक्त गरिए पनि सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने भएको छ ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १८:४४
साझा बिसौनी ।