आगलागी पीडितलाई राहत दिने निर्णय
सुर्खेतः मुगुको गमगढी बजारमा भएको आगलागीबाट पीडित परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलवार बसेको आकस्मिक बैठकले आवश्यक राहत उपलब्ध गराउने निर्णय गरेको हो । तत्कालीन राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउन लागिएको छ ।
स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण संकलन गरेपछि थप राहत प्याकेज ल्याइने प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै गमगढी जाने बताइएको छ । गमगढी बजारमा सोमवार राति आगलागीबाट २१ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १२:२०
साझा बिसौनी ।