प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन अदालतको आदेश

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमवार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीलाई कामकाज नगर्न आदेश दिएपछि प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन कार्यन्वयन नगर्न आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्चले काममा फर्कन आदेश जारी गरेको हो ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले कार्तिक २३ गते मन्त्रीस्तरीय निणर्यबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई कामकाज गर्न रोक लगाउने निर्णय गराएका थिए ।

प्रकाशित मितिः   २९ कार्तिक २०७८, सोमबार १८:४१