हवाई भाडा बढ्यो, कहाँको कति (सूचीसहित)

काठमाडौं–सुर्खेत र काठमाडौं–नेपालगञ्ज एक सय ६० रुपैयाँ भाडा वृद्धि

सुर्खेतः  हवाई सेवामा भाडा दर बढेको छ । इन्धनको मूल्य वृद्धि भएसँगै सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका हुन् । वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले भाडामा जोडिने इन्धन शुल्कमा अधिकतम दुई सय २0 रूपैयाँ बृद्धि गरिएको जनाएको हो ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर पाँच रूपैयाँ मूल्य बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले भाडा दर बढाएका छन् । यसरी वृद्धि भएको भाडादरअनुरूप काठमाडौं–सुर्खेत र काठमाडौं–नेपालगञ्ज एक सय ६0 रुपैयाँ भाडा बढेको छ । वायुसेवा कम्पनीले काठमाडौं–जुम्ला एक सय ७0, काठमाडौं–रुकुम एक सय ५० र नेपालगञ्ज–डोल्पा ७0 रुपैयाँ भाडा बढाएका हुन् ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क अधिकतम एक सय ७0 रूपैयाँ बढेको छ । यस्तै, अब काठमाडौंबाट सबभन्दा लामो दुरीको गन्तव्य धनगढीका लागि दुई सय २0 रूपैयाँ भाडा बढाइएको छ । संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यका आधारमा हवाई भाडा वृद्धि गरिएको हो ।

नयाँ भाडा दर यस्तो छः

प्रकाशित मितिः   २९ कार्तिक २०७८, सोमबार १२:३१