सात दिनमा चार करोड कारोबार

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा सात दिनमा चार करोड बराबरको कारोबार भएको छ । विहीवारसम्म चार करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

गत विहीवारदेखि सुरु भएको मेलामा २ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेको आयोजकको दावी छ । बुधवार मात्रै ९० लाख बराबरको कारोबार भएको छ भने ९ हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् ।

मेलामा हरेक दिन विभिन्न राष्टिय कलाकारहरुले आफ्नो प्रस्तुती समेत दिइरहेका छन् । बुधवार राजु ढकाल, भूमिका गिरी, प्रकाश शपुत लगायतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । आज(विहीवार) हेमन्त शर्मा, कुलेन्द्र विक, कविता बानिया लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रकाशित मितिः   २९ मंसिर २०७३, बुधबार १९:४६