कर्णालीका नौ जिल्लाबाट छानिए १११ प्रतिनिधि

सुर्खेत – नेकपा (एमाले)ले कर्णाली प्रदेशका नौ जिल्लाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

नौ जिल्लाबाट एक सय ११ जना प्रतिनिधि छनाेट भएका छन् । मुगुमा भने प्रतिनिधि छनोट हुन सकेको छैन । त्यहाँ पनि सर्वसम्मत रुपमा चयन गर्ने प्रयास भइरहेको जनाइएको छ ।

कुन जिल्लाबाट को-को भए प्रतिनिधि ?

सुर्खेतबाट २२ जना प्रतिनिधि चयन भएका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट पार्टीका जिल्ला कमिटी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीसहित प्रदेशसभा सदस्य खड्क खत्री, खड्ग घर्ती, डण्डीप्रसाद शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह र चन्द्रकला बिसी रहेका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष नवराज रावत, कुलमणि देवकोटा, अमृत विसी, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ महाधिवेशन प्रतिनिधिका रुपमा छनोट भएका हुन् ।

दलित कोटाबाट तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक रहेका छन् ।

दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मासहित प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह र धीरबहादुर शाही दशौं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् । यस्तै सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक र हिक्मत विकसहित दैलेखबाट २३ जना प्रतिनिधि महाधिवेशनमा सहभागि हुनेछन् ।

कालीकोटबाट १४ जना प्रतिनिध छानिएका छन् । जसमा नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली छन् ।

जाजरकोट एमालेले करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली गरी ९ जना प्रतिनिधि छनोट गरेको छ ।

हुम्लामा प्रदेशसभा सदस्य दल रावलसहित दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई र कालिबहादुर नेपाली प्रतिनिधि भएका छन् ।

सल्यान – पुष्पा कुमारी बोहोरा, संञ्चिता कुमारी ओली, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

रुकुम (पश्चिम)- टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली

जुम्ला- शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा – तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार १३:११