जाजरकोटबाट नौ जना महाधिवेशन प्रतिनिधि चयन
जाजरकोट – नेकपा (एमाले)को १० औं महाधिवेशनका लागि जाजरकोटबाट प्रतिनिधि छनोट गरिएको छ । शनिवार सर्वसम्मत रुपमा ९ जना प्रतिनिधि चयन गरिएको हो ।
खुल्लातर्फ करवीर शाही, लालबहादुर महतारा, डम्बरबहादुर सिंह, सिपी घर्ती, वेदबहादुर शाही र प्रेमप्रसाद घर्ती राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रतिनिधि छनोट भएका छन् ।
यस्तै महिलातर्फ कौशिलावती खत्री र हरीकला जैसी छन् भने दलिततर्फ नवेन्द्र नेपाली चयन भएका छन् ।
प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार १८:२४
साझा बिसौनी ।