प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन् । उनी शुक्रवार सुर्खेत आइपुगेका हुन् । वीरेन्द्रनगस्थित प्रदेश प्रमुखको कार्यालयमा परियारलाई कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र सभामुख राजबहादुर शाहीले औपचारिक रूपमा स्वागत गरेका छन् ।

परियारले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । कार्तिक २३ गते सरकारले कर्णाली, सुदूरपश्चिम र प्रदेश १ मा प्रमुख फेरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले तीन वटा प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी थिइन् । रोल्पामा जन्मिएका परियार हाल लुम्बिनी प्रदेशको बाँके जिल्ला निवासी हुन् । उनी यसअघि प्रदेश २ को प्रदेश प्रमुख भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदेश प्रमुखबाट बर्खास्त भएका उनलाई नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पुनः नियुक्त गरेको हो ।

प्रकाशित मितिः   २७ कार्तिक २०७८, शनिबार ०८:५३